पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानको पार्टीको अग्रता

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१०, पाकिस्तानमा भएको आमनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पूर्वक्रिकेटर इमरान खानको पार्टीले अग्रता लिएको छ। बुधबार भएको आमनिर्वाचनको ४७ प्रतिशत मत गणना हुँदा खानको पार्टी पाकिस्तान तेहरिक–ए –इन्साफ (पिटिआई)ले संघीय संसदका २७० सिटमध्ये ११३ मा अग्रता लिएको हो।

प्रधानमन्त्री शाहिद खक्वान अब्बासीको पाकिस्तान मुस्लिम लिगले ६४ स्थानमा अग्रता लिएको छ।

पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बालिवाल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी ४३ ठाउँमा अग्रता लिएको छ। अन्य दुई साना दल १४ स्थानमा अगाडि छन् ।

औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै ‘पीटीआई’का समर्थकहरूले खुसियाली मनाउन शुरु गरेका छन् । पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी ‘पीएमएल–एन’ले चुनावमा अनियमितता भएको आरोप लगाएको छ ।

पाकिस्तानमा बुधबार २ सय ७२ स्थानका लागि मतदान भएको थियो । त्यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ।

प्रकाशित : 26 July, 2018

प्रतिक्रिया दिनुहोस्