आफैले बनाएको पार्टीको विरोधमा उत्रिए मुगाबे

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१४, अफ्रिकि देश जिम्बाबेमा आज हुन लागेको चुनावमा जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबे आफ्नै पार्टिको विरोधमा उत्रिएका छन् । मुगावेले चुनावको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी इमरसनलाई समर्थन नगरी विपक्षी पार्टीका उम्मेदवार चामिसालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

३७ वर्षसम्म सरकार चलाएका पूर्वराष्ट्रपति रोवर्ट मुगाबे गत वर्ष अपदस्थ भएपछि जिम्बाबेमा पहिलोपटक निर्वाचन हुन लागेको हो ।

जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे आफैंले जन्माएको पार्टीविरुद्ध उभिएपछि यहाँको निर्वाचनले रोचक मोड लिएको छ । मुगाबेले उनका नजिकका सहयोगी तथा हालका राष्ट्रपति इमरसनलाई सघाउने अनुमान गरिएको थियो । तर उनले आमअपेक्षा विपरित निर्वाचनको पूर्वसन्ध्यामा सहयोग गर्न नसकिने घोषणा गरेका छन् ।

मुगाबेले भने, ‘भोली चुनाव छ र म तपाईं सबैलाई लोकतन्त्र, संवैधानिकता र स्वतन्त्रता लिएर आउन अपिल गर्छु । यस्तो नगरे हामीले नोभेम्बरदेखि जुन शासन देखिरहेका छौ त्यो पुनः भोग्नुपर्ने हुन्छ । जसले चुनाव जित्छ, उसलाई पहिले देखि नै बधाई । हामीले नतिजा स्विकार गर्नुपर्छ ।’

जिम्बाबेका पूर्वराष्ट्रपति  मुगाबे आफैंले जन्माएको पार्टीविरुद्ध उभिएपछि यहाँको निर्वाचनले रोचक मोड लिएको छ ।

 

प्रकाशित : 30 July, 2018

प्रतिक्रिया दिनुहोस्