चार नेपाली क्रिकेटर आइसिसीको टी–२० बरियतामा
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाण्डौं । श्रावण–२२, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ट्वान्टी–ट्वान्टी बरियतामा उत्कृष्ट सय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन्। आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा टी–२० क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्।
 कप्तान पारस खड्का र शरद भेषावकर ब्याट्सम्यानको बरियतामा परेका छन् भने बसन्त रेग्मी र सोमपाल कामी बलरको बरियतामा परेका छन् ।
कप्तान पारस खड्का र शरद भेषावकर ब्याट्सम्यानको बरियतामा परेका छन् भने बसन्त रेग्मी र सोमपाल कामी बलरको बरियतामा परेका छन् ।
ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने शरद भेषावकर २३८ अंकसहित ९८ औं स्थानमा रहेका छन्।
त्यस्तै बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं स्थानमा तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन्।


