विश्व किर्तिमानी रकममा चेल्सीद्वारा केपा अनुबन्ध

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२४, चेल्सीले विश्व किर्तिमानी ७.२ करोड पाउण्डमा एथ्लेटिक क्लबबाट गोलकिपर केपा अरिजाबालागालाई अनुबन्ध गरेको छ । गोलकिपर थियाबट कोर्टवा रियल म्याड्रिड गएपछि चेल्सीले केपालाई अनुबन्ध गरेको हो ।

यसअघि जुलाईमा मात्र लिभरपुलले रोमाबाट एलिसन बेकरलाई ६.५ करोड पाउण्डमा खरिद गर्दै किर्तिमान बनाएको थियो । चेल्सीले तिरेको यो रकम कुनै पनि क्लबले गोलकिपर अनुबन्ध गर्दा तिरेको सबैभन्दा ठूलो हो ।

केपाले क्लबसँग ७ वर्षको करार गरेका छन् ।केपाले चेल्सीको आधिकारिक वेबसाइटमा भनेका छन्, ‘यो  मेरो करियर र व्यक्तिगत जीवनका लागि सबैभन्दा महत्वपूर्ण निर्णय हो ।’

प्रकाशित : 9 August, 2018

प्रतिक्रिया दिनुहोस्