के पेट बढेर हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुस्, आफुलाई स्लिम बनाउनुस्
काठमाण्डौं । श्रावण–२४, आफुलाई पातलो अर्थात स्लिम र आकर्षक राख्न चाहने मासिनहरुमा आनावश्यक तौल बढ्नु र पेट लाग्नु चिन्ताको विषय बन्न सक्छ । प्राय मानिसहरु आफुलाई आकर्षक नै देखियोस भन्ने सोच्छन् । त्यसका निम्ति मोटो र पेट लागेको भन्दा पनि आफुलाई पातलो र तन्दुरुस्त राख्न चाहन्छन् सबै मानिसहरु ।
यदि तपाईँ पनि शरिरको तौल बढेर अर्थात पेटमा बोसो लागी पेट ठूलो भएर चिन्तित हुनुहुन्छ भने निम्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।
कागती पानी : तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ।
काँचो लसुनस् : बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ ।
बदाम : बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ। यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ। यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन।
पानी : पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
गुलियो : यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस्। मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।
खैरो चामल (ब्राउन राइस) : यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड जस्ता खाद्य पदार्थ सामेल गर्नुहोस्।
मासु : मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।
सागसब्जी : खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ।
खाना पकाउने तरिका : खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस्। यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ।