इटालीमा पुल भत्किँदा ३५ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । श्रावण–३०, इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको मोटरेबल पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको छ । मङ्गलबार पुलको २०० मिटर खण्ड एक्कासी भत्किएर खस्दा ३० भन्दा बढी गाडी बज्रेको अधिकारीहरुले जनाएका छन् ।

फसेका मानिसहरूलाई बाहिर निकाल्नका लागी रातभरि राहत र उद्धार कार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरूको खोजी गरिरहेका छन्। घाइतेहरुको उपचार भइरहेको छ । घटनामा उद्धार गरिएका मध्येमा एक बालक समेत रहेको बताइएको छ ।

आँधी आएका बेला परेको चट्याङ लागेर पुल भत्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीहरुले खिचेको भिडियोमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्‍न सकिन्छ।
सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्