एन्फा प्रादेशिक संरचनामा जाने

सहयात्रा टिभी

चितवन । श्रावण–३०, अखिल नेपाल फुटबल संघ (एन्फा) प्रादेशिक संरचनामा जाने भएको छ । हाल चितवनको सौराहामा जारी संघको १७ औं विषेश साधारणसभाले विधान संसोधन गरेपछि एन्फा प्रादेशिक संरचनामा जाने भएको हो ।
देश संघिय संरचनामा गईसकेकाले एन्फालाई पनि संघीय संरचनामा लैजानुपर्ने आवश्यकता देखिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । एन्फालाई विधि विधानमा राखेर चलाउन खोजेको अध्यक्ष शेर्पाले बताए ।


साधारणसभाबाटै पहिलो पटक एन्फाको आर्थिक नियमावली, कार्यसंचालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिनेछ ।
विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताएका छन् ।
उनले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताए । भूकम्पका कारण भत्किएको दशरथ रङ्गशाला निर्माणको काम तीन वर्षसम्म गर्न नसक्नु खेल क्षेत्रकै दुःखदायी कुरा भएको उनले बताए ।
विशेष साधारणसभामा ४५ वटा जिल्ला संघका तीन।तीन जना, १४ वटा ए डिभिजन क्लवका तीन।तीन जना, चार वटा संघका तीन।तीन जना , पर्यवेक्षक लगायतका गरी करिव ३०० जनाको सहभागिता रहेको छ ।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्