केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फाष्ट ट्रयाक शिलन्यास, प्रधानमन्त्रीद्वारा मन्त्री भण्डारी र लेखकको प्रशंसा

सहयात्रा टिभी

बारा । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलन्यास गर्नुभएको छ । बाराको निजगढमा आज बिहान एक समारोहबीच उहा“ले फास्ट ट्रयाकको शिलन्यास गर्नुभएको हो । समारोहमा प्रधानमन्त्री दाहालले काठमाडौं र तराईबीचको दुरी घटेको धारणा राख्नुभयो । ७६ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । ४ बर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ । सेनाले बिभिन्न १० क्षेत्रमा बिभाजन गरेर फास्ट ट्याक निर्माण गर्ने जनाएको छ । फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गमा विभिन्न ९९ वटा पुल र ६ वटा आकासे पुल बन्नेछन ।

कार्यक्रममा  प्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माण गर्ने कार्यमा वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी आफू भन्दा पनि क्रान्तिकारी रहेको बताएका छन् । वन तथा भू–संरक्षण मन्त्री भण्डारीको सहयोगका कारण आफ्नो कार्यकालमा ऐतिहासिक विकास निर्माण कार्य अगाडि बढाउन सफल भएको प्रधानमन्त्री दाहालको भनाई रहेको छ । त्यसक्रममा प्रधानमन्त्री दाहालले दु्रत मार्गको जिम्मा नेपाली सेनालाई दिन मन्त्री भण्डारीले भूमिका खेलेको भन्दै मन्त्री भण्डारीको प्रशंसा समेत गरेका थिए ।त्यस्तै प्रधानमन्त्री दाहालले दु्रत मार्ग निर्माणमा भौतिक तथा यातायात मन्त्री रमेश लेखकले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री लेखकको समेत प्रशंसा गरेका थिए ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्