गरिब परिचयपत्र आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुको हातमा
काठमाण्डौं भदौ–१२, गरिब परिचयपत्र वास्तविक गरिब भन्दा पनि आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुको हातमा पुगेको गुनासो आएपछि सरकारी टोलीले छानबिन गर्ने भएको छ । गरिब परिवारको पहिचान गर्ने जिम्मा स्थानिय तहको भएकाले अब छानविन गरि धनिका हातमा परेका परिचयपत्रहरु निष्क्रिय गरिने भएको हो ।
गत असारबाट सुरु गरिएको गरिब परिचयपत्र वास्तविक गरिब भन्दा पनि आर्थिक रुपमा धनि मानिसहरुले नै पाउने गरेको भन्दै हाल जिल्ला जिल्लाबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गुनासो आउने गरेको छ ।
यसरी गुनासो आउन थालेपछि वितरण भएका परिचयपत्रहरुबारे छानबिन गर्ने मन्त्रालयले जनाएको छ । २६ जिल्लामा वितरणका लागि झन्डै ४ लाख गरिब परिचयपत्र तयार पारिएका छन्।
गरिब पहिचान गरेर परिचयपत्र वितरण गरिए पनि उनीहरूका लागि सरकारले के कस्ता कार्यक्रम र अवसर दिने भन्ने बारेमा भने निर्णय गरिसकेको छैन।