एसिया कप छनोटमा युएईको सहज जीत

काठमाण्डौं । भदौ–१७, एसिया कप छनोट अन्तर्गत आइतवार भएको खेलमा युएईले मलेसियालाई ८ विकेटको जीत हात पारेको छ । घरेलु टोली मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य युएईले ८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।
युएईको जीतमा कप्तान रोहन मुस्ताफाले नटआउट ३८ रन बनाएका थिए भने रमिज शेहजादले नटआउट २६ रन जोडे र चिराग सुरीले २२ रन योगदान गरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३१.३ ओभरमा ९२ रनमा अलआउट भएको थियो।
मलेसियाका लागि सर्भिन मुनिएन्डीले सर्वाधिक १६ रन बनाए । मलेसियालाई कम स्कोरमा अलआउट गर्न युएईका अहेमद राजाले ४ तथा रोहन मुस्ताफा, मोहम्मद नभिद र अमिर हायतले २-२ विकेट लिए।