केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सार्वजनिक संस्थानमा ३ खर्ब लगानी, उपलब्धी केही छैन

सहयात्रा टिभी

काठमाडौं । मुलुकका सार्वजनिक संस्थानमा दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि उपलब्धि भने नभएको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख छ । कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थाका कारण यस्तो भएको औँल्याइएको छ । कमजोर व्यवस्थापनका कारण विकासको मेरुदण्डका रुपमा रहेका संस्थानको सञ्चालन पूर्ण क्षमतामा हुन नसक्नु गम्भीर चुनौती भएको समीक्षामा उल्लेख छ । समीक्षामा सार्वजनिक संस्थानहरुको समग्र तथा क्षेत्रगत कार्यसम्पादन, विश्लेषण, व्यवस्थापकीय विश्लेषण, विनिवेश खारेजी र विघटनको अवस्था, सञ्चालन÷व्यवस्थापनका सबल र दुर्बल पक्ष समेटिएको छ ।
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि समृद्ध राष्ट्रको सोच बनाएको वर्तमान सरकारले सार्वजनिक संस्थानलाई दीर्घकालीन सोचका साथ सुधारको मार्गमा अग्रसर गराउने प्रयास गरेको छ । संघीयता कार्यान्वयनका क्रममा संस्थानहरुको सञ्चालन ढाँचा, संरचना तथा व्यवस्थापन चुस्त बनाउन सम्बन्धित मन्त्रालयलाई सरकारले निर्देशनसमेत दिएको छ ।
३५ वटा संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानमा रहेका समीक्षामा उल्लेख छ ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्