ब्राजिलमा राष्ट्रपतिका एक उम्मेदवारमाथि छूरा प्रहार
एजेन्सी । भदौ–२२, ब्राजिलका राष्ट्रपतिको चुनावका एक उम्मेदवार जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ । दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्यालीमा बोल्सोनारोमाथि छूरा प्रहार भएको हो ।
पेटमा छुरा लागी गम्भीर घाइते भएका बोल्सोनारोलाई घटना हुनासाथ अस्पताल पु¥याइ अस्पताल भर्ना गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बोल्सोनारोको शरिरबाट अत्याधिक रक्तश्राव भएको कारण उनको रक्तचाम कम भएको र अवस्था अत्यन्तै गम्भिर भएको उनको उपचारमा संलग्न ग्लाउसियो साउजा हस्पिटलका एक चिकित्सकले बताएका छन् ।
बोल्सोनारोको अवस्था गम्भिर भएपनि उनी ठिक हुन सक्ने चिकित्सकहरुको अपेक्षा रहेको छ । नश्लवादी र होमोफोबिक प्रतिक्रियाका कारण विवाद आउने गरेका बोल्सोनारोमाथि नजिकिँदो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सशक्त ढंगले उत्रिरहेका बेला आक्रमण भएको हो ।
अर्को साता मात्र ब्राजिलमा चुनाव हुँदैछ । नजिकिँदो चुनावको अभियानका लागी आयोजना गरिएको र्यालीमा सुरक्षाकर्मी तथा समर्थकले घेरिएका बोल्सोनारोमाथि कस्ले छुरा प्रहार ग¥यो भन्ने कुरा खुल्न सकेको छैन् ।