केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज १२ खर्ब भन्दा बढीको बजेट आउँदै

सहयात्रा टिभी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका–संसदमा आज प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले अपराह्न चार बजे बजेट प्रस्तुत गर्नुहुने छ । सदन समक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । संबिधानले आंशीक बजेटको कल्पना नगरेकाले सरकारले पुर्ण बजेटकै तयारी गरेको छ । निर्वाचन आचारसंहिताका कारण नयां तथा लोकप्रिय कार्यक्रम भने समाबेश नहुने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन । राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो । नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ । यसपटक ७४४ स्थानीय तहमा सिधै बजेट जाने ब्यबस्था गरिएको छ । चालु आर्थीक बर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो । राष्ट्रिय योजना आयोगले भने ९ खर्ब रुपैयामात्रै सिलिङ तोकेको थियो ।।।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्