चिया कफी सँगै अजिंगर टक्र्याइने क्याफे
एजेन्सी । भदौ–२८, कम्बोडियाको राजधानी नोम्पेन्हमा यस्तो अनौठो क्याफे रेष्टुरेन्ट खुलेको छ । क्याफेभित्र छिरेर खाँदा चिडियाखानामा छिरेको अनुभुति हुनसक्छ । आसपासमा चराहरुको चिरबिर, अनेक जातका माछा खेलिरहेका अक्वारियम । टेबलमा खेलिरहेका-दौडिरहेका गंगटाहरु तथा पाहुनाको काँधमा घिसारिने गोही । उक्त क्याफेको दृश्य यस्तै हुन्छ ।
नोम्पेन्हमा एक अर्को बिरालोको थिममा बनेको क्याफे निकै लोकप्रिय थियो । त्यहीँ क्याफेको सफलताको सिको गर्दै सर्पको थिमवाला यो क्याफे खोलिएको हो ।
यसका मालिक ची रेटीका अनुसार धेरै मानिसहरु सर्प तथा छेपारोलाई सत्रु ठान्छन् । उनीहरुको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो ।
क्याफेका मालिक ची रेटीका अनुसार सुरुवातमा ग्राहकहरु, खासगरी महिलाहरु अजिंगर देखेर निकै डराउँथे । तर विस्तारै उनीहरुले सहजता महसुस गर्नथाले । अहिले त ग्राहकहरुले चियाकफीको चुस्कीसँगै अजिंगरसँग सेल्फी पनि लिन्छन् ।