पशुपतिनाथ दर्शन गर्न पुगे बलिउड अभिनेता गोविन्दा
सहयात्रा टिभी
काठमाण्डौं । भदौ–३१, शनिबार मध्यान्न नेपाल आएका बलिउड अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन् । आजै काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ नेपाल आएका उनले बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।
काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोविन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्द्रागिरी पुग्ने समेत योजना रहेको छ ।
दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन्।
उक्त अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिनेछ र लाइफटाईम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।