विश्वमा दुर्लभ मानिएको उपचार ग्राण्डीमा सफलतापुर्वक सम्पन्न
काठमाण्डौं । असोज–२, काठमाण्डौंको धापसी स्थीत ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले विश्वमा दुर्लभ मानिने मुटुको ठूलो धमनि एओर्टा च्यातीएर हुने गम्भीर चोटको उपचार नेपालमानै पहिलो पटक सफलतापुर्वक सम्पन्न गरेको छ । गत साउन १७ गते चितवनमा सवारी दुर्घटनामा परी ठुलो धमनि च्यातिएका २९ बर्षिया युवकको इन्डोभास्कुलर सर्जरी गरी ग्रान्डीले विश्वमै दुर्लभ मानिएको यस प्रकारको उपचार नेपालमानै सम्भव गराएको हो ।
घाइते युवकको वरिष्ठ कार्डियोथोरासिस एवं भास्कुलर सर्जन डा. उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले सफलताका साथ उपचार गरेका हुन् ।
विश्वमा दुर्लभ मानीएको यस प्रकारको रोगको उपचारमा आउनु अघिनै बिरामीको मृत्यु भइसक्ने बताइएको छ । दुर्घटनामा परी एओर्टा च्यातीएर अमेरीकामा मात्र ८५ प्रतिशत मानिसको घटना स्थलमानै मृत्यु हुने गरेको छ ।
ग्राण्डीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कार्डियोथोरासिस एवं भास्कुलर सर्जन डा. उत्तमकृष्ण श्रेष्ठले ग्रान्डीमा उपलव्ध भएको आधुनीक उपकरण तथा अस्पताल दक्ष डक्टरहरुको टिमका कारण यस प्रकारको उपचार सम्भव भएको बताए । डा. श्रेष्ठले दुई दशकको सेवा अवधिमा आफुले अत्यत्नै दुर्लभ शल्यक्रिया गरेको बताए ।