केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्वारा १२ खर्ब ७८ अर्बको बजेट सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं ।अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्को बैठकमा १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्नुभएको छ । संघीयता कार्यान्वयन, स्थानीय तह, राष्ट्रिय गौरवका आयोजनालाइ बजेटले प्राथमिकता दिएको छ । बजेटमा १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ।

बजेटको स्रोत –

राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब

साँवा फिर्ताबाट  १५ अर्ब

वैदेशिक अनुदानबाट  ७२ अर्ब

वैदेशिक ऋण २ खर्ब

आन्तरिक ऋण १ खर्ब ४५ अर्ब

बाँकी चालु आर्थिक वर्षको नगद मौज्दात

अपेक्षा र लक्ष्य –

  •  ७.२ प्रतिशत आर्थिक वृद्धिदर हुने अपेक्षा
  • मुद्रास्फ्रिति ७ प्रतिशतमा सिमित हुने
  • थप एक लाख स्वरोजगार र ४ लाख रोजगार सिर्जना हुने

बजेटका थप विशेषताहरु यसप्रकार छन – 

  •  रााष्ट्रिय गौरवका आयोजनाहरूलार्इ निरन्तरता दिइनेछ ।
  •  आगामी आर्थिक बर्षमा ६।९ प्रतिशतको आर्थिक बृद्धिदर रहने प्रक्षेपण बजेटले गरेको छ ।
  • चालू आर्थिक बर्षमा ८४ प्रतिशत पूँजिगत खर्च हुने अनुमान गरिएको छ ।
  •  भूकम्पपीडितका लागि आवास निर्माण गर्न २ लाखमा १ लाख थप गरी ३ लाख बनाइएको छ ।
  •  वैदेशिक सहायतामा सुधार भएको छ। नेपाललाई सहयोग गर्ने दाताहरुले सहयोग बढाउदै लगेका छन्।
  •  आर्थिक वर्षको सुरुमा केही संकुचनमा रहेको बैंक तथा वित्तिय संस्थाको तरलतामा सुधार आइ लगानी वृद्धि भएको छ।
  •  पहिलो ९ महिनामा सोधनान्तर बचतमा रहेको छ। विप्रेषण आप्रवाह ६ प्रतिशत वृद्धि भएको छ।
  •  नेपालमा रहेको विदेशी मुद्राको सञ्चिती १३ महिनाको वस्तु र सेवाको आयात धान्न पर्याप्त छ।
  •  लामो समयदेखि सुरु हुन नसकेको काठमाडौं निजगढ द्रूत मार्ग बन्ने भएको छः
  •  दुबै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम भइ उनीहरुसँग आर्थिक लाभ लिने दिशामा छौं।
  •  ब्यापार घाटा ६ अर्ब ७१ अर्ब २० करोड पुगेको छ
  •  अन्य सबै आर्थिक परिसूचक बढेपनि ब्यापार घाटा चालू आर्थिक बर्षमा घट्न सकेन ।
  •  संघीयता कार्यान्वयन अर्थतन्त्रको मूख्य चुनौती हो
  •  नेपालको अर्थतन्त्र चुनौतीबिहीन छैनन्। संघीयता व्यवस्थापन, स्थानीय तह व्यवस्थापन र पूर्वाधार विकास गर्ने कुरा चुनौतीपूर्ण छः
  •  उत्पादनका साधनमाथि उत्पादकको पहुँच वृद्धि गरी सार्वजनिक क्षेत्रबाट उत्पादन बढाउनु चुनौतीपूर्ण छ।
  •  बन्द ब्यापार र व्यवसायको भुक्तानी बैंकिङ प्रणाली बाहिरबाट हुन्छ। त्यसैले अर्थतन्त्रको वास्तविक हिस्सा कायम हुन सकेको छैन। सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई सार्थक बनाउनुपर्ने छ।
  •  तोकिएको समयमा पुनर्निर्माण सक्ने र त्यसलाई नवनिर्माणमा बदल्नुपर्ने चुनौती छ।
  •  सार्वजनिक निर्माणको गुणस्तर कमजोर भएको छ। यसलाई अन्त्य गर्नुपर्नेछ।
  • संविधान कार्यान्वयनमा सहयोग गर्ने, आर्थिक स्थायित्व र राज्यका सेवामा पहुँच वृद्धि बजेटको मुख्य लक्ष्य होः
  • संघीयता कार्यान्पवन, भूकम्पपछिको पुनर्निर्माण, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, अति आवश्यक वस्तुको सुदृढ आपूर्ति र भण्डारण अहिलेको बजेटको प्राथमिकता हो।
  • मौलिक हक कार्यान्वयनका लागि कानुनी र नीतिगत व्यवस्था गरिनेछ।
  •  संविधान कर्यान्वयनः कानुनी तथा नीतिगत व्यवस्था गर्ने। आयोगहरु गठन गर्ने।
  • संघीयता अनुकुल हुने गरी संवैधानिक निकायको क्षमता अभिवृद्धि गर्ने। संवैधानिक निकायको कार्य सम्पादनका लागि आर्थिक अभाव हुन नदिने।
  • संघीय संसद र प्रदेश सभाको निर्वाचन तोकेको समयमा गर्न आवश्यक बजेट विनियोजन गरेको छु
  • संघीय संसद र प्रदेश सभा निर्वाचनका लागि बजेट। द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने।
  • यस वर्ष सांसदहरुले मेरो योजना पर्यो कि परेन भनेर खोज्नुभयो भने भेट्नुहुने छैन। तर आफ्नो गाउँठाउँमा कति बजेट गयो भनेर खोज्न भने अवश्य सक्नुहुनेछ।
  • स्थानीय तहले सेवा प्रवाह र विकासका काम संचालन गर्ने गरी आवश्यक स्रोत उपलब्ध गराइनेछ। गाउँमै सिंहदरबारको अनुभूति हुनेछः
  • प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नभएकाले। यस वर्ष जनसंख्या विकासको अवस्था आदिलाई आधार मानेर स्थानीय तहलाई बजेट दिने
  • गाउँपालिकाकालाई १० करोडदेखि ३९ करोड र महानगरपालिकालाई ५६ करोडदेखि १ अर्ब २४ करोड रुपैयाँ अनुदान पाउनेछन्।
  • गाउँपालिकाभित्रका ५० लाखसम्म नगरका १ करोडसम्म र उपमहानगरपालिका र महानगरपालिका २ करोडसम्मका बजेटसम्मका योजना मन्त्रालयहरुहरुले स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्ने।
  •  कुन स्थानीय तहलाई कति अनुदान– गाउँपालिकाः १० करोड रुपैयाँ देखि ३९ करोड रुपैयाँ
    नगरपालिकाः १५ करोडदेखि ४३ करोडसम्म
    उपमहानगरपालिकाः ४० करोडदेखि ६३ करोडसम्म
    महानगरपालिकाः ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म।
  • मन्त्रालयका कार्यक्रमहरु स्थानीय तहमा नै हस्तान्तरण गरिने
  •  पशुबिकास सम्बन्धी सबैजसो कार्यक्रमहरू स्थानीय तहबाटै कार्यन्वयन हुनेछन् ।
  •  सडक निर्माणका बजेटहरूको प्रयोग स्थानीय तहले नै गर्न पाउनेछन् ।
  •  वन र वनस्पति सम्बन्धी कार्यक्रमहरू पनि स्थानीय तहबाटै सञ्चालन हुनेछन् ।
  •  स्थानीय विकास मन्त्रालयका अधिकांश कार्यक्रमहरु स्थानीय तहमा नै हस्तान्तरण हुनेछ
  •  कक्षा १ देखि १० कक्षासम्मका शिक्षकहरुको तलब तथा विद्यालय सञ्चालन खर्च, निशुल्क पाठ्यपुस्तक खरिदको कार्यक्रम र दलित छात्रवृत्तिको रकम स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।
  • मातृशिशु, खोप, औषधी भ्याक्सिन खरिदको रकम स्थानीय तहमा नै हस्तान्तरण गरिनेछ
  •  खानेपानी सेवा नियमन, उच्च मध्यमस्तरीय खानेपानीका योजनाहरु स्थानीय तहबाटै कार्यान्वयन हुने गरी हस्तान्तरण
  • खेलकुद पूर्वाधार र राष्ट्रिय युवा परिषदको कार्यक्रम स्थानीय तहमा नै हस्तान्तरण गरिएको छ
  • पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको छु
  •  भूकम्पबाट क्षतिग्रस्त व्यक्तिगत आवासको दोस्रो र तेस्रो किस्ता रकम वितरण तत्काल गरिनेछ।
  •  क्षतिग्रस्त सांस्कृतिक तथा पुरातात्विक सम्पदा पूनर्निर्माणका लागि बिशेष प्राथमिकता दिइनेछ ।
  • पुनर्निर्माणलाई गति दिन स्थानीय तहलाई समेत संलग्न गराइनेछ।
  •  पहिचान भएका जोखिमयुक्त वस्तीलाई एकीकृत वस्ती बनाइने। त्यस्ता वस्तीमा खानेपानी, सडक स्वास्थ्य जस्ता पूर्वाधार पुर्याइनेछ
  • भूमक्पको जोखिम कम गर्न अध्ययन अनुसन्धानका लागि बजेट उपलब्ध गराउने।
  •  कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनाका लागि पर्याप्त स्रोतको व्यवस्था गरेको छु
  • तामाकोशी आयोजनाका लागि ५० करोड
  •  बुढीगण्डकी मुआब्जा वितरणका लागि १० अर्ब १७ करोड विनयोजन गरिएको छ।
  •  सिक्टा सिञ्चाई आयोजना, भेरी बबई आयोजना लगायतका ४ आयोजनाका लागि ५ अर्ब
  •  निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आगामी आर्थिक वर्षमा बोलपत्र, पोखरामा विमानस्थल ४ वर्षमा पूरा गरिने।
  •  पोखरा, निजगढ र गौतमवुद्ध विमानस्थलका लागि १३ अर्ब रुपैयाँ
  •  फास्ट ट्र्याकका लागि १० अर्ब १४ करोड
  • हुलाकी राजमार्गको ५०० किलोमिटर दुई वर्षभित्र सक्ने गरी ४ अर्ब २७ करोड
  • कोशी करिडोर कालीगण्डकी करिडोर कर्णाली करिडोरका लागि २ अर्ब ३ करोड विनियोजन
  •  मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ४ अर्ब ३ करोड विनयोजन
  • मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ४ अर्ब ३ करोड विनयोजन
  •  रेलमार्गका लागि ४ अर्ब २ करोड बजेट।
  • मेलम्ची आयोजनाका लागि ६ अर्ब ५७ करोड
  • राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ९२ करोड
  • डोल्पा र हुम्ला सदरमुकामलार्इ सडक सञ्जालमा जोड्न ३० करोड बिनियोजन गरिएको छ ।
  • युवालाई पशुपालन र कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम ल्याइने
  • कृषि वीमा सेवा देशभर बिस्तार गरिने।
  • कृषि तथा रासायनिक मलमा दिइने अनुदान कृषककै बैंक खातामार्फत उपलब्ध गराइने
  •  कृषि क्षेत्रको आधुनिकरण र उत्पादन वृद्धिका लागि ३० अर्ब ४० करोड विनियोजन
  •  सिञ्चाई आयोजनाहरुका लागि २७ अर्ब २१ करोड विनियोजन
  • प्राकृतिक तालतलैया संरक्षण र व्यवस्थापन गरिने
  •  भू उपयोग नीति कार्यान्वयन गरिने।
  •  वन क्षेत्रका लागि १५ अर्ब भू संरक्षणका लागि ६ अर्ब विनयोजन
  • सहकारी तथा गरिबी निवारण सूचना प्रणाली लागू गरिनेछ
  • देशका मुख्य मुख्य बजार केन्द्रमा सहकारी बजार स्थापना गरिने
  • सहकारी सम्बन्धी विद्यमान कानुनी व्यवस्था समयअुनुकल सुधार गरी नयाँ सहकारी ऐन ल्याइने
  • नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाइने
  •  वैदेशिक लगानीका लागि आवश्यक प्रशासनिक प्रक्रियालाई सरल बनाइने र वैदेशिक लगानीलाई प्रोत्साहन गरिने
  • उत्कृष्टताका आधारमा महिला उद्यमशीलता पुरस्कार प्रदान गर्ने
  • गरिवीको रेखामुनी रहेका नागरिकको उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने।
  •  विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याइने
  • सिमेन्ट तथा फलाम उद्योगमा सडक तथा प्रशारण लाइन विस्तार गरिने
  • वातावरणमैत्री उद्योगलाई प्रोत्साहन गरिने
  • निर्यात प्रवर्द्धन गर्न निकासी प्रोत्साहनमा दिइएको रकममा पुनरावलोकन गरिनेछ
  • एकीकृत जाँच चौकीको निर्माणमा तिब्रता दिइनेछ
  • रक्सौल अमलेखगञ्ज पाइपलाइन निर्माणलाई तिब्रता दिने
  • हरेक प्रदेशमा ४५ दिन धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गरिने।
  • उद्योग वाणिज्य क्षेत्रका कार्यक्रमका लागि १० खर्ब विनियोजन गरिएको छ।
  • प्रदेश राजधानीलाई राष्ट्रिय राजधानीमा जोड्न सडक पूर्वाधार कार्यक्रमलाई निरन्तरता
  • सडक पूर्वाधारका लागि ८९ अर्ब ५० करोड रुपैयाँ विनियोजन
  • रणनीतिक सडकहरु दुई लेनको बनाइने र कालोपत्रे गरिने
  • पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड ४ लेनको बनाउन ७ अर्ब ११ करोड। नारायणगढ मुग्लिन सडकका लागि २ अर्ब ५६ करोड
  • महाकाली नदीमा आगामी आर्थिक वर्षदेखि मोटरेवल पुल निर्माण गरिने
  • ५ वर्षभित्र सबै सवारी साधनमा आगामी आर्थिक वर्षदेखि एम्बोस्ड नम्बर प्लेट लागू गरिने।
  • ५ वर्षभित्र सबै सवारी साधनमा आगामी आर्थिक वर्षदेखि एम्बोस्ड नम्बर प्लेट लागू गरिने।
  • संघ प्रदेश र स्थानीय स्तरको लगानी। विदेशमा बसेकाहरुको लगानी र वैदेशिक लगानीमा मुलुकलाई विजुलीमा आत्मनिर्भर गर्ने
  • निजामति कर्मचारी सेना प्रहरी सशस्त्र प्रहरी शिक्षकको लगानीमा ५०० मेगावाट विजुली उत्पादन गरिने
  • निर्माणाधीन अवस्थामा रहेका विद्युत आयोजनालाई समयमा पूरा गर्न स्रोत उपलब्ध गराउने।
  • चमेलिया र कुलेखानी आयोजना आगामी वर्ष सम्पन्न गरिने
  • जलासय आयोजनाका लागि नयाँ विद्युत खरिद दर लागू गरिने
  • बुटबलदेखि गोरखपुरसम्म ४०० केभीएको अन्तरदेशीय प्रशारण लाइन आगामी वर्ष सुरु गरिने
  • विद्युत चुहावट न्युनिकरण गरिने
  • काठमाडौंको केही शहरी क्षेत्रमा विजुलीको तारहरु भूमिगत रुपमा विस्तार गरिने
  •  कूल जलविद्युत क्षमता एकीन गर्न जल तथा उर्जा आयोगबाट भैरहेको अध्ययनलाई पूरा गरिने
  • उर्जा क्षेत्रका लागि ६२ अर्ब ४७ करोड बजेट विनियोजन
  • एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता।
  • काठमाडौंका सबै नगरपालिकामा समन्वय रुपमा सेटेलाइट सिटी बनाइने
  • सातै प्रदेशमा १र१ वटा मेगासिटी।
  • आवास सुविधा सबै जनताको पहुँच पुर्याउन जनता आवास कार्यक्रम निरन्तरता
  •  आवास सेवामा सबैको पहुँच पुर्याउने। जनता आवास कार्यक्रमलाई निरन्तरता।
  • जनता आवास कार्यक्रमका लागि २ अर्ब ४४ करोड विनियोजन
  • एकीकृत सरकारी कार्यालय भवन निर्माण गर्ने नीति अबलम्बन गरिने। सरकारी जग्गा सट्टापट्टा गरिने।
  • निर्वाचन क्षेत्र विकास कोष यथावत।
  • कोटेश्वर सूर्यविनायक मार्गलाई सुरुङ मार्ग बनाउने र त्रिभुवन विमानस्थलको धावनमार्ग बढाउने
  • प्राविधिक विषयमा स्नातक तह अध्ययन गरेका र अन्य विषयमा स्नातकोत्तर गरेकालाई एक वर्ष स्वयंसेवामा लगाइने
  • ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा
  • वीर अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार सहित आगामी वर्ष गुरुयोजना सहित निर्माण अगाडि बढाइने
  • क्यान्सर मुटु कलेजो र मृगौला उपचार निशुल्क
  • सिकलसेल एनिमियाको पहिचान र उपचारका लागि उपचार सेवा विस्तार
  • स्वदेशकै जडिबुटीबाट औषधि उत्पादन गर्ने उद्योगहरूलार्इ प्राथमिकता दिइनेछ ।
  • सरकारी छात्रवृत्तिमा एमडी र एमबिबिएस गरेकाले दुर्गममा सेवा गर्नैपर्ने
  • श्रम क्षेत्रका लागि १ अर्ब १४ करोड
  • श्रम बजारको आवश्यकता अनुकुल सीप विकास कार्यक्रम अगाडि बढाउने
  • महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन गरिएको छ ।
  • आगामी आर्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइनेछ ।
  • सर्जकको रोयल्टी भुक्तानीलाई व्यवस्थित बनाइनेछ
  • जनयुद्ध संग्रहालय निर्माणको कार्य गरिने
  • देशभरीका संग्रहालय र गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिइनेछ
  • युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३४ करोड रुपैयाँ
  •  सरकारी सूचना सहज ढंगले उपलब्ध गराउन सूचना विभागमा सूचना बैंक स्थापना गर्ने।
  • हरेक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने।
  • त्रिभुवन विश्वविद्यालयमा विज्ञान सहर स्थापना गरिने।
  •  सामाजिक सुरक्षा भत्ताकालागि ३६ अर्ब विनियोजन
  •  काठमाडौंसहित अन्य प्रमुख शहरबाट २० वर्ष पुराना गाडी विस्थापित गरिने
  •  देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ ।
  •  सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइनेछ ।
  •  राज्यकोषबाट हुने तलव भुक्तानी लगायत आर्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ ।
  • संघीय निजामति सेवा, प्रदेश निजामति, स्थानीय निजामति सेवा गरी निजामति सेवा पुनर्संरचना गरिने।
  •  सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको स्तरोन्नती गरिनेछ । सरकारले सञ्चालन गर्न नपर्ने संस्थानहरूलार्इ अलग बनाइनेछ ।
  • ठेकेदारहरूले एक भन्दा बढी सहायक ठेक्का दिन पाउने छैन । सहायक ठेक्काका लागि पनि सम्बन्धित योजना प्रमुखको लिखित सहमति लिनुपर्छ ।
  • उच्च स्तरीय सार्वजनिक खरिद सुझाव आयोग गठन गरिनेछ।
  • बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९ लाख। चालु खर्च ८ अर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार
  • कुल बजेटमध्ये १ खर्ब ४८ अर्ब ६३ करोड ९८ लाख ३३ हजार स्थानीय तहमा
  • २ खर्ब २५ अर्ब ९१ हजार स्थानीय तहमा दिइने। यो कुल बजेटको १७ प्रतिशत
  • आम स्वास्थ्यमा असर पर्ने मदिरा र सुर्तीजन्य पदार्थको अन्तशुल्क दरमा सामान्य हेरफेर बाहेक करको दरमा हेरफेर गरिएको छैन
  • हुण्डी तथा बिदेशी मुद्राको अपचलन दर नियन्त्रण गरिनेछ ।
  • माध्यमिक तहको पाठ्यक्रममा करको विषय समावेश गरिने
  • कलाकार खेलाडी लगायतलार्इ स्थार्इ लेखा नम्बर प्रदान गरी करको दायरामा ल्याइनेछ ।

 

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्