भारतको बहराइचस्थित अस्पतालमा डेढ महिनामै ७१ बालबालिकाको मृत्यु
सहयात्रा टिभी
एजेन्सी । असोज–५, भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती शहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ ।
अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।’
सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उनले बताए । ‘हामीसँग अहिले २०० शैया छ, तर ४५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन् । कार्य बोझ धेरै ठूलो छ । हामीले जतिसक्दो प्रयत्न गरेका छौं ।’