जथाभावी बाटो काटे आजबाट दुइसय रुपैयाँ जरिवाना
सहयात्रा टिभी
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुमाथि आजबाट कारवाही शुरु गरेको छ । जथाभावी बाटो काट्ने र फुटपाथमा नहिँड्ने पैदलयात्रुका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो । डिआइजी मिङ्मार लामाका अनुसार ट्राफिक प्रहरीले यसबारेमा डेढ महिना लामो जनचेतना अभियान चलाएपछि कारवाहीको प्रक्रिया अघि बढाएको हो । आज बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले निगरानी गर्नका साथै कारवाही अघि बढाएको छ । जेब्राक्रस छाडेर जथाभावी बाटो काटेको पाइएमा २ सय रुपैयाँसम्म जरिवाना गरिनेछ भने पैसा नतिरे ३ घण्टा जनचेतनामूलक कक्षा लिनुपर्ने प्रावधान राखिएको छ ।