इन्डोनेशियामा भूकम्पपछि सुनामीः चार सय बढिको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । असोज–१४, शुक्रबार इन्डोनेशियाली द्वीप सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् । यो शहरमा शुक्रबार करिब १० फिट अग्लो छाल प्रवेश गरेको थियो । पालू शहरबाट आइरहेको तस्बिरमा छरिएका सयौं शवलाई स्पष्ट देख्न सकिन्छ ।

सरकारी अधिकारीका अनुसार शहरको सबैभन्दा ठूलो अस्पताल पनि क्षतीग्रस्त भएको छ । यस कारण अस्थायी शिविरमा घाइतको उपचार चलिरहेको छ ।

इन्डोनेशियाली सरकारले शनिबार पनि भूकम्पका धक्का महसुस गरिएको जानकारी दिएको छ । हज्जारौं घरमा क्षती पुगेको छ । केही अस्पताल, होटल र शपिङ सेन्टर पनि क्षतीग्रस्त भएको छ  ।सुनामी आएको पालू शहरको जनसंख्या करिब तीन लाख बताइएको छ ।

प्रकाशित : 30 September, 2018

प्रतिक्रिया दिनुहोस्