बलिउड स्टार सलमानले खोले आजसम्म ‘किस सिन’ नगर्नुका कारण

सहयात्रा टिभी

काठमाण्डौं–१५, आजभोलीका चलचित्रहरुमा किस सिन, बेड सिन सामान्य बनिसकेका छन् । प्राय आजभोलीका चलचित्रहरुमा कहिँ न कहिँ कतै न कतै अश्लिल सामाग्रीहरु पाइन्छन् नै । अनि यसलाई पचाएर हेर्नसक्ने बानि पनि बसिसकेको छ दर्शकहरुलाई पनि ।

तर बलिउड स्टार सलमान खानले आजसम्म पनि कुनै चलचित्रमा किस सिन गरेका छैनन् । उनी किस सिन भन्ने वित्तिकै तर्किन्छन् । उनले घोषणा नै गरेका छन् कि कुनै पनि फिल्ममा किस सिन गर्ने छुइन भनेर ।

अनौठो लाग्न सक्छ, बलिउड स्टारले आजसम्म किस सिन गरेका छैनन भन्दा अनि कौतुहलता पनि लाग्न सक्छ किन त भन्ने प्रश्नले । तर यो कौतुहलता सलमानले मेटाइदिएका छन् । उनले स्पष्ट नै भने आफुले किन किस सिन गर्दिन भन्ने बारेमा ।

आफ्नो नयाँ फिल्म ‘लवयात्री’ को प्रमोसनका क्रममा आयोजित एक पत्रकार सम्मेलनमा यस विषयमा कुरा निस्कियो र उनले राम्रोसँग जवाफ पनि दिए ।

उनले भने कुनै पनि फिल्म परिवारसँग बसेर हेर्दा कुनै अश्लिल सिन आयो भने सबैलाई अफ्ट्यारो महशुस हुन्छ । त्यस समयमा कि त उठेर हिँड्नु पर्छ कि त रिमोट दबाउनु पर्छ । उनले आफ्नै उदाहरण दिएर परिवारमा बसेर फिल्म हेर्दा कैँयौ पटक च्यानल बदलेको कुरा पनि गरे । त्यसैले आफ्नो फिल्म परिवारमा बसेर हेर्दा कसैले पनि रिमोट थिच्नुपर्ने वा च्यानल बदल्नु पर्ने अवस्था नआओस भनेर आफुले यस्तो सिन नगरेको सलमानले जवाफ दिए ।

त्यसैगरि सलमानले कुनै पनि फिल्ममा नायिकासँग इन्टिमेट सिन दिन आफूलाई गाह्रो हुने गरेको पनि सुनाए । अश्लिल सिन विना नै फिल्म चल्न सक्छ र आफ्ना फिल्महरु पनि विना अश्लिल सिन हिट भइरहेको बताए ।

प्रकाशित : 1 October, 2018

प्रतिक्रिया दिनुहोस्