ला लिगा लिग फुटबल : रियल मड्रिड अलाभेससँग पराजित

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२१, स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिड अलाभेससँग पराजित भएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा अलाभेसले रियल मड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

अलाभेसको जितमा मनु ग्रासियाले गोल गरेका थिए । पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मड्रिड अलाभेससँग चुक्यो । अतिरिक्त समयमा ग्रासियाले गोल गर्दै अलाभेसलाई रोमाञ्चक जित दिलाएका हुन् ।

स्पेनिस ला लिगा लिगमा शनिबार राति नै भएका अन्य खेलमा लेगानेसले रियल भालेकानोलाई १-० गोलले पराजित गर्दा लेभान्टेले गेटाफेलाई पनि १-० गोलले नै पराजित गरेको छ। त्यस्तै, इबरले जिरोनालाई ३-२ गोलले हराएको छ ।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्