फ्लोरिडामा आँधीको खतरा, तीन लाख ७० हजार मानिसलार्इ अन्यत्र सारिँदै

सहयात्रा टिभी

एजेन्सी । असोज–२४, अमेरिकाको दक्षिणी राज्य फलोरिडामा शक्तिशाली आँधी आउँदै गरेकोले त्यस क्षेत्रमा रहेका मानिसहरुलार्इ अन्यत्र सार्ने कार्य सुरु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
‘हुरीकेन माइकेल’ नाम दिइएको उक्त आँधीका कारण ३ लाख ७० हजार भन्दा धेरै मानिसहरु विस्थापित हुने अनुमान गरिएको छ।

प्रति घण्टा २१० किलोमिटरको रफ्तारले आइरहेको आँधीको प्रकोपलार्इ मध्यनजर गर्दै फ्लोरिडा, अलबामा र जर्जियामा आपतकालिन अवस्था घोषणा गरिएको छ।

वर्षाका कारण १२ फिट सम्म पानी जम्न सक्ने र बाढी पहिरोको खतरा समेत रहेको भन्दै अधिकारीहरुले सबैलार्इ सचेत रहन आग्रह गरेको छ।  त्यस क्षेत्रका विद्यालय र सरकारी कार्यालयहरु बन्द गरिएको छ। अधिकारीहरुले त्यस स्थानबाट अन्यत्र जान भने पनि थोरै संख्यामा मात्र मान्छेहरुले त्यसको पालना गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्