आज नेप्से १० अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२५, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव ९५ अङ्कले बढेको छ । आज १ सय ६५ कम्पनीका ४ हजार ५ सय ८४ कारोबारबाट ८ लाख ६ ६२ हजार कित्ता सेयर किनबेच भई २५ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मेगा बैङ्कको १ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको र एनआईसी एसिया बैङ्कको १ करोड ५१ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको दिन आज दुई समूहमा गिरावट आएको छ ।

यस्तै साताको अन्तिम दिन नेप्सेमा २५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।कारोबार भएका १० समूहमध्ये होटल ३१ दशलमव ३२ र उत्पादनमूलक १२ दशमलव ४३ अङ्कले घट्नु बाहेक अरु समूहमा गिरावट आएन भने व्यापार समूहको कारोबार भएन ।

आज सबैभन्दा बढी निर्जीवन बिमा ४८ दशमलव ५, विकास बैङ्क १२ दशमलव २९, बैङ्किङ १२ दशमलव १४, जीवन बिमा १० दशमलव १२ अङ्कले बढ्यो । त्यो बाहेकका समूहमा सामान्य अङ्कले सुधार आएको छ ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्