होचापुड्का मात्र बस्ने अनौठो गाउँ

सहयात्रा टिभी

एजेन्सी । असोज–२६, चीनको सिचुआन प्रान्तस्थित एउटा सानो गाउँ छ, जसको नाम याङ्सी हो । याङ्सी गाउँ दुनियाँकै आश्चर्यजनक गाउँको रुपमा पनि चिनिन्छ । यस गाउँलाई होचा पुड्काहरुको गाउँ पनि भनिन्छ ।

पहाड र धानखेतहरुले घेरिएको यस गाउँमा बस्ने ४० प्रतिशत मानिस होचा पुड्का छन् । गाउँमा रहेको होचापुड्का मानिसको अधिकतम उचाई ३ फिट १० इन्च र न्यूनतम उचाई २ फिट १ इन्च रहेको छ ।

गाउँका मानिस किन सबै होचा पुड्का भए भन्ने विषयले वैज्ञानिकहरुलाई पनि अचम्ममा पारेको छ । सन् १९९७ मा भएको एक अनुसन्धानका क्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको र पुड्कोपनाको कारक तत्वपनि त्यसैलाई मानिएको थियो ।

तर यसको थप पुष्टि हुन सकेको छैन ।गाउँमा जन्मिने बच्चाहरुमा पुड्कोपनाको दर निकै उच्च रहने गरेको छ । गाउँमा कूल ८० जना मानिस रहेकोमा ३६ जना पुड्का रहेका छन् ।

प्रकाशित : 12 October, 2018

प्रतिक्रिया दिनुहोस्