राजधानीमा ३ लाख ७० हजार बराबरको नक्कली नोट

सहयात्रा टिभी

काठमाण्डौँ । कात्तिक–४, ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।

नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यसअघि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : 21 October, 2018

प्रतिक्रिया दिनुहोस्