फेसबुकको माध्यमबाट ५० वर्षीया महिला २० वर्षे युवकसँग भागिन
सहयात्रा टिभी
एजेन्सी । कात्तिक–८, भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग भागेको खबर सार्वजनिक भएको छ । फेसबुकको माध्यमबाट साथी बनेका यी दुवैजनामा प्रेम भएपछि भागेको बताइएको छ ।
श्रीमति फरार भएपछि ती ५० वर्षीया महिलाका श्रीमनले प्रहरीमा उजुर दिएपछि घटना सार्वजनिक भएको हो । ती महिलालाई उनकै छोराले ६ महिनाअघि मोबाइल दिएका थिए । मोबाइल पाएपछि फेसबुक चलाउन थालेकी उनको भेट ती २० वर्षीय युवकसँग भएको र उनीहरुविच प्रेम भएपछि महिला सोहि युवकसँग भागेको बाताइएको छ ।
महिलाले घर छाडेर जाँदा मोबाइल घरमै भेटिएकोले उनीहरुको वास्तविकता पत्ता लागेको हो । ती महिलाका एक छोराको विवाह समेत भइसकेको छ । महिलाको खोजी कार्य जारी रहेको प्रहरीले भारतीय संचार माध्यमहरुलाई जानकारी दिएको छ ।