हटिजिया सेन्गिजलाई बाहिरै छाडेर दूतावासमै बिलिन भए खासोग्जी
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–८, टर्किस नागरिक हटिजिया सेन्गिज आफ्ना हुनेवाला श्रीमानको हात समातेर टर्की, इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा अक्टोबर २ तारिख, स्थानीय समयअनुसार दिउँसो सवा १ बजे पुगिन्। टर्किस नागरिक सेन्गिजलाई बाहिरै राखेर ५९ वर्षीय पत्रकार जमाल खासोग्जी भित्र छिरे।
पूर्वपत्नीसँग सम्बन्धविच्छेदको कागज लिन खासोग्जी अघिल्लो पटक सेप्टेम्बर २८ मा महावाणिज्य दूतावास पुगेका थिए। कर्मचारीले उनलाई अक्टोबर २ मा आउन भने। एक वर्षदेखि स्वनिर्वासनमा रहेका खासोग्जीले कर्मचारीका कुरा पत्याए।

उनलाई साढे १ बजेको समय दिइएको थियो। तर उनी १५ मिनेट अघि नै गेटभित्र छिरे। सायद उनी हतारमा थिए- सम्बन्धविच्छेदको कागज लिएर भोलिपल्टै सेन्गिजसँग बिहे गर्दै थिए।
३६ वर्षीया सेन्गिजले धैर्यपूर्वक हुनेवाला श्रीमानलाई साउदी महावाणिज्य दूतावासमा घन्टौं कुरिन्। साँझ पर्य�
