तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान

काठमाण्डौं । कात्तिक–९, ओलम्पिकको एसियन छनोट अघि चीनमा मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज चीन प्रस्थान गरेको छ।
नेपालले चीनमा तीन मैत्रीपूर्ण खेल खेल्नेछ। चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र व्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन्।
नेपालले चीनमा रहँदा अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ फोनिक्स महिला फुटबल टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। यस्तै ३० तारिखमा बेईजिङ स्पोर्टस् युनिभर्सिटीसंग खेल्नेछ। त्यसतैबाट नेपाली टोली नोभेम्बर २ मा म्यानमार प्रस्थान गर्नेछ।
ओलम्पिकको एसियन छनोट अन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमार र बंगलादेश छन्। नेपालले ८ नोभेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ।