यू–१९ महिला फुटबलमा नेपालद्धारा भारत पराजित

काठकाण्डौं । कात्तिक–९, एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई हराएको छ । शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले भारतलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५९ औं मिनेटमा रेखा पौडेलले नेपाललाई अग्रता दिलाइन् भने निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदै रेखाले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।
प्रतियोगितामा नेपालको यो पहिलो जित पनि हो । पहिलो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ३-० ले हारेको थियो । आइतबार पाकिस्तानसँग खेल्नेछ ।