डिस होमको आकर्षण नेपालभर बढ्दो

काठमाण्डौं । कात्तिक–११, डिजिटल प्रविधिबाट गुणस्तरिय सेवा प्रदान गर्दै आएको डिस होमको माग दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेसनको निति नेपालभर लागु भइरहेको अवस्थामा ग्राहकहरुको ध्यान भने स्याटेलाइट प्रविधिमा आधारित डिटिएस सेवा प्रदायक डिस होमतर्फ तानिएको हो ।
टेलिभिजनलाई डिजिटल प्रविधिमा संचालन गराउने उद्देश्य अनुरुप संचार मन्त्रालयले हाल तिव्र गतिमा अनुगमनका साथ देशभरका एनालग केवलहरु बन्द गराउँदै आएको छ । एनालग केवलहरु बन्द भएसँगै ग्राहकहरुको विकल्पमा डिस होम अगाडि आएको हो ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले मुलुकभर ग्राहकहरु माझ गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।
आफ्नौ च्यानलहरु सञ्चालन गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने डिस होमले ग्राहकहरुको सुविधाको निम्ति नयाँ वर्ष, दशैँ, तिहार, छठ लगायतका चाडपर्व वा उत्सवहरुको समयमा समेत विभिन्न अफरहरुको आयोजना गर्ने गरेको छ । यस्ता विशेष समयमा डिस होमले सेवासुविधा अझ बढाउने गरेको पनि देखिन्छ ।
डिस होमको सेवा र सुविधाकै कारण यसका ग्राहकहरु बढ्दै गएका हुन् । आजभोली शहरदेखि गाउँसम्म प्रत्येक घरमा डिस होमको छाता देख्न सकिन्छ । एनालग केवलको बन्दसँगै ह्वात्तै बढेका ग्राहकहरुको संख्यालाई मध्यनजर गर्दा यहि गतिमा डिस होमका ग्राहक बढ्दै जाने हो भने नेपाल नै डिस होममय बन्न धेरै समय नलाग्ने अनुमान लगाउन सकिन्छ ।