भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिएका छन् । आउदो वर्षको गणतन्त्र दिवस मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराएका हुन् ।

ट्रम्पको व्यस्तताका कारण भारतको निम्ता स्वीकार गर्न नसकिएको जनाइएको छ । यसअघि सन् २०१५ मा पूर्वराष्ट्रपति बाराक ओबामा गणतन्त्र दिवसमा भारत आएका थिए ।

हालै रुससँग हतियार खरिद र इरानबाट खनिज तेलको आयातका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको छ । अमेरिकी आपत्तिकाबीच भारतले यो काम पुरा गरेको थियो । जसका कारण ट्रम्पले आफ्नो भारत भ्रमणलाई स्थगित गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्