प्रहरीमा भर्ना हुनुअघि पुरुष अधिकारीद्धारा कुमारित्व परीक्षण
एजेन्सी । कात्तिक–१२, दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा प्रहरीमा भर्ति हुन चाहने महिलाले आफ्नो कुमारीत्व परीक्षण गराउनु पर्ने हुन्छ । उक्त परीक्षणमा कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन् ।
यस देशमा महिला उम्मेदवारको कुमारित्व परीक्षण पुरुष अधिकारीहरुद्वारा गराइन्छ । यस्तो परीक्षणलाई दुई औँले परीक्षण भनिन्छ । जहाँ पुलिसमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औँला छिराएर योनी जाली च्यातिए नच्यातिएको परीक्षण गरिन्छ ।
इण्डोनेसियामा महिलाको कुमारित्व परीक्षणलाई आधिकारिक रुपमा अनुमति नदिइने भए पनि पुलिसमा भर्नाका क्रममा भने यस्तो परीक्षण एउटा मुख्य मापदण्डको रुपमा रहिआएको अकल्याण्ड विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ ।
यस देशमा महिलाहरु प्रहरीमा भर्ना हुनका लागी कुमारि हुनुको साथसाथै सुन्दरताका अन्य धेरै मापदण्डहरु पनि पुरा गरेको हुनु पर्नेछ ।