डकैती र चोरीमा संलग्न ‘कट्टु’ उर्फ मनिष समातिए

सहयात्रा टिभी

काठमाण्डौ । कात्तिक–१३, डाँका, चोरी तथा हातहतियार सम्बन्धी घटनामा पटकपटक सजाय भुक्तान गरेका मनिष मानन्धर पुनः पक्राउ परेका छन् । ‘कट्टु’ उपनाम भएका उनलाई काठमाण्डौ प्रहरी परिसरको टोलीले सोल्टीमोड क्षेत्रबाट पक्राउ गरेको हो ।

मानन्धरलाई ०६५ सालमा कालिमाटी क्षेत्रमा भएको डकैतीको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको परिसरका डिएसपी होमिन्द्र बोगटीले बताए  । त्यसवेला धारिलो हतियार देखाएर सुन लुटपाट भएको थियो । उनलाई मंगलबारै जिल्ला अदालत, काठमाण्डौमा पेश गराउने तयारी छ ।

यस अघि नौ पटकसम्म पक्राउ परेका मानन्धरको साथबाट पटकपटक गरेर  दुई वटा पेस्तोल, एउटा रिभल्वरलगायत बरामद भएको छ ।

 

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्