नाइटो काटेर प्रेमीलाई उपहार, अहिले पछुताउँदै
एजेन्सी । कात्तिक–१५, मायामा मानिसहरु अन्धो हुन्छन्, पागल हुन्छन् भनेको त सुनिएको र देखिएकै कुरा हुन् । तर मायामा मानिसहरु यतिसम्म गर्छन भन्ने कुरा भने विश्वभरि नै आश्चर्यजनक भएको छ ।
आजभन्दा तीन वर्ष अघि मेक्सिकोमा एकजना युवतीले प्रेमीको लागी आफ्नो सल्यक्रिया गराइ नाइटो काटेकी थिइन् । मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने पालिना क्यासिलास लेन्डरोस नाम गरेकी २३ वर्षकी युवतीले प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिन यस्तो दुस्साहस गरेकी हुन् ।
उनले प्रेमीकै अनुरोधमा त्यसो गरेकी थिइन् । तर समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिग्रियो र ब्रेकअप भयो । हाल प्रेमीको निम्ति यति ठूलो जोखिम मोलेर नाइटो काटेकोमा उनी पछुताइरहेकी छन् ।
ती युवतीले आफ्नो परिवारको विरोधका बाबजुत पनि शरिरका विभिन्न ठाउँहरुमा ट्याटु खोपेकी छन् । उनले जीव्रो समेत छेडेकी छन् ।