डोल्पा चिनाउने चलचित्र ‘म्हेन्दु’ प्रर्दशनको तयारीमा
त्रिपुराकोट । कात्तिक–१५, बिकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र म्हेन्दु प्रर्दशनको अन्तिम तयारीमा रहेको छ । सुन्दरी,परी वा फुलको अर्थ बोेकेको चलचित्र म्हेन्दुको सम्पादन, डबिङ् लगाएतको काम सम्पन्न भईसकेकाले तीहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया,दुबई,कतार, मलेशीया, जापान, अमेरीका लगाएतका देशहरुमा समेत प्रर्दशन गर्ने निर्माण पक्षले जनाएको छ ।
नेपालका हलहरुमा माघको दोस्रो साता पछि प्रर्दशन गर्ने बताईएको छ । डोल्पाको मौलिकतालाई झल्काईएको चलचित्र म्हेन्दुको छायाङ्कन नेपालकै प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिर, मान्छेको बली दिने ईतिहाँस बोकेको ऐतिहाँसिक क्षेत्र राजारानी लगाएतका प्रमुख पर्यटकिय गन्तब्यहरुमा गरिएको छ ।
डोल्पालीको जीवनशैली र उनीहरुको यथार्थ परिदृष्यमा आधारित रहेर छायाँङकन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली क्षेत्रको बास्तबिकतालाई प्रतिनिधित्व गरेको छ । त्यति मात्रै नभई भौगोलिक बिकटताको कारण सामान्य औषधी उपचार नपाएरै ज्यान समेत गुमाउपर्ने हिमाली महिलाहरुको बास्तबिकतालाई समेत चलचित्रले उजागर गर्न खोजेको निर्देशक देब नेपालले जानकारी दिए ।
आफ्नै गाँउठाँउमा खिचिएको र डोल्पालीको दुख,पिडालाई कथात्मक ढङ्गले चलचित्रमा उतारिएकाले डोल्पालीहरु चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन् । देशकै सुन्दर पर्यटकिय गन्तब्य भित्र पर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश बिदेशमा चिनाउने डोल्पालीको अपेक्षा छ ।