जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१५, जापान जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए ।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनु पर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिन पाइनेछ । परीक्षामा उपयुक्त अङ्क नआएको एक सातापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ ।

जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिकाअनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिन पाउनेछन् । परीक्षा शुल्क तीन हजार ५ सय लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिनेछ ।

प्रकाशित : 1 November, 2018

प्रतिक्रिया दिनुहोस्