मदिरा पसल बन्द गर्न बालबालिकाले नै प्रहरीमा दिए उजुरी

बिराटनगर । कात्तिक–१६, बिराटनगर–१२ नयाँबस्तीका बालबालिकाहरुले मदिरा पसल बन्द गर्न प्रहरीमा निवेदन दिएका छन् । मदिराकै कारण घरपरिवारमा झैझगडा हुने, आर्थिक समस्या हुने र आफुहरुको पढाइमा समेत असर पुगेको समस्या दर्शाउँदै उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् ।
बालबालिकाको निवेदन पछि तत्काल प्रहरी परिचालन गरी सूचना संकलन गर्दा उक्त निवेदनमा उल्लेख सूचना ठिक रहेको पाइएपछि बुधबार प्रहरीले छापा मारेको थियो। प्रहरीले विराटनगर महानगरपालिका-१२ बस्ने ३६ वर्षीय गोपाल तामाङ, ३७ वर्षीय मेनोस उदास र ५१ वर्षिय राज कुमार श्रेष्ठको घरबाट अवैध रुपमा घरेलु मदिरा बरामद गरेको हो।
प्रहरीले मदिरा बनाउन प्रयोग हुने ठूलो सिलभरको भाडा ८ थान, सानो सिलभरको भाडा ३ थान, रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थलगायतका मदिरा बनाउन प्रयोग गरिने अन्य भाँडावर्तन समेत बरामद गरेको छ।
निवेदन