वामपन्थी नेता तुलाधरको अन्त्येष्टि शोभाभगवतीमा गरिने

काठमाण्डौं । कात्तिक–१९, वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा रहेको निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्परा अनुसार अन्येष्टि गरिने आफन्तले बताएका छन् ।
मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित ७८ वर्षका तुलाधरको आइतबार उपचारकै क्रममा निधन भएको थियो ।
२०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका तुलाधर २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि उनी मावनअधिकार अभियन्ताका रुपमा काम गरिरहेका थिए।