युवकले खोले आफ्नै घरमा बिरालोका लागी होटेल
एजेन्सी । कात्तिक–२०, भेटेरिनरी चिकित्सा विषय अध्ययनरत एक २२ वर्षीय विद्यार्थीले आफ्नो घरमा बिरालोका लागि विशेष होटेल खोलेका छन् । इराकका अहमद तारेक मक्की नामका छात्रले आफ्नै घरमा बिरालो होटल खोलेका हुन् ।
उक्त बिरालो होटेलमा बिरालोहरुका लागि हरेक खालका सुख सुविधा उपलब्ध छन् । नरम ओछ्यान तथा मनपर्ने खानेकुरा देखि औषधि उपचारसम्म ।
बिरालोहरु खेल्नका लागि खेल मैदान पनि रहेको छ । खेल मैदानमा एसीको व्यवस्था गरिएको छ । साथै घाँसे चौरमा खेल्ने सुविधा पनि छ ।
यो बिरालो होटेल सञ्चालनपछि मानिसहरुमा बिरालो पाल्ने रुची पलाउने विश्वास उनको छ । किनकि घर छाडेर कतै जाँदा उक्त होटेलमा आफ्नो बिरालो छाड्न सक्नेछन् ।
बिरालो होटेल खुलेपछि त्यहाँका पशुप्रेमीहरु खुसी छन् । सुरुमा त केहीले त्यसको विरोध गरेका थिए । तर जब त्यहाँ पुर्याइने बिरालोहरुले पाउने सुविधा र स्याहारका बारेमा चर्चा भयो मानिसहरुको विरोध साम्य भयो ।