निर्मला पन्त हत्यारा सार्वजनिक हुन्छ : गृहमन्त्री थापा

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२२, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै कानुनी कठ्घरामा आउने बताए । रिपोर्टस क्लबले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बोल्दै उनले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा पारिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कार्यको समिक्षा गर्न आग्रह गर्दै उनले देशमा भएको गुण्डागर्दी समाप्त पार्न सरकार प्रतिबद्ध रहेको बताए ।

निर्मला पन्त हत्याका प्रमाणहरु लुकाइनु, घटनालाई दबाउन खोज्ने जो कसैलाई कारबाही हुने उनको धारणा थियो । ‘प्रहरीले ईन्भेष्टिकेसन गरिनै राखेको छ, हत्यारा पत्ता लगाउन सरकार लागि परेकै छ बिनासित्तै निर्मलाका आमाबुवालाई नउचाल्न उनको आग्रह छ ।

प्रकाशित : 8 November, 2018

प्रतिक्रिया दिनुहोस्