चलचित्र ‘दाल भात तरकारी’ को मुहुर्त सम्पन्न
काठमाण्डौं । कात्तिक–२८, चलचित्र ‘दाल भात तरकारी’को मुहुर्त सम्पन्न भएको छ ।काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो ।
चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले चलचित्रको एक संवाद बोलेका थिए ।
मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा यो चलचित्र बन्न लागेको हो । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् ।
चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
चलचित्रलाई वि.सं २०७६ साल वैशाख १३ गतेबाट रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ ।