आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम दोहो¥याएर प्रयत्न गर्नाले सफल भइनेछ । आफन्तहरुबाट टाढिनु पर्ने अवस्था आएपनि भविष्यको लागी भने सहि मार्गचित्र गर्न सकिनेछ । अध्ययनमा मन जानेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्चमा वृद्धि हुनेछ । परिवारको आवस्यकता पुरा गर्न सकिनेछ । साथीभाईहरुको सहयोगले काम सजिलै सम्पन्न गर्न सकिनेछ । नयाँ र दिगो फाइदा हुने कामको थालनि गर्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आम्दानिमा वृद्धि हुनेछ । दिगो फाइदा हुने कामको थालनि गर्न सकिनेछ । केहि झमेलाको बाबजुत पनि काममा सफल भइनेछ । शुभचिन्तकहरुको साथ पाइनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
हिम्मत गर्नाले प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिने छन् । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रिय व्यक्तिसँगको भेटले मन प्रफुल्ल हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। सामान्य रुघाखोकीले सताउने सम्भावना छ, चिसोबाट बच्नुहोला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रियजनसँग भेटघाट हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । परिवारको साथ पाइनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। लामो समय छुटेका मित्रहरुसँग भेट हुन सक्नेछ । धार्मिक यात्राको अवसर प्राप्त होला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। समय अनुकुल रहनेछ । सन्तानबाट खुसीको समाचार सुन्न पाइएला । व्यापार व्यवसायबाट राम्रो आम्दानि हुने देखिन्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। काममा सफल हुनको लागी निकै मेहनेत गर्नु पर्ला । सन्तानको प्रतगीले हर्ष जगाउनेछ । रमाइलो यात्राको विचमा मिल्ने साथीहरुसँगको भेटले दिन रमाइलोसँग बित्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गरेर अवसर हातपार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। शिर्जनात्मक कामले प्रतिष्ठा बढाउनेछ । मिष्ठान्न भोजनको योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
प्रतिस्पर्धीहरूले अप्ठ्यारो समयमा दुख दिन सक्छन्। तापनि दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पुराना मित्रहरुसँग भेट हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। प्रियजनको साथ र सहयोग पाइनेछ । काम तथा व्यापारीक रुपमा लामो दुरीको यात्रा गर्नुपर्ने हुनसक्छ ।

प्रकाशित : 19 November, 2018

प्रतिक्रिया दिनुहोस्