‘मिस्टर युनिभर्सल एम्बेसडर २०१८’ मा सुसन महर्जन नेपालको प्रतिनिधित्व गर्दै
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–३, भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभर्सल एम्बेसडर २०१८’ मा नेपालको तर्फबाट सुसन महर्जनले प्रतिनिधित्व गर्ने भएका छन् । १८ देखि २४ नोभेम्बर सम्म हुने प्रतियोगीतामा सहभागी हुन महर्जन आइतबार नै डिल्लि प्रस्थान गरेका छन् ।
‘मिस्टर नेपाल वर्ल्ड २०१८’मा महर्जन ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन्। महर्जनले ‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य रहेको बताएका छन्।
२८ देश सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको विभिन्न पोसाकसमेत प्रस्तुत गर्नेछन्।