‘मिस एभिएसन क्विन–२०१८’ को उपाधि सची पौडेललाई
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–४, ‘मिस एभिएसन क्विन–२०१८’ को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छन् । १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै मिस एभिएसन क्विन–२०१८ जितेकी सचीले एक एयरलाइन्स कम्पनिमा एयर होस्टेसको जागिर पाएकी छिन्।
टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले आयोजना गरेको प्रतियोगितामा पूनम लिम्बुले फस्ट रनर अपको उपाधि जितिन्। त्यस्तै प्रतियोगितामा सुमी पोर्टेल सेकेण्ड रनर अप, दीपिका पाठक थर्ड रनर अप र नेहा चौधरी फोर्थ रनर अप भइन्। प्रतियोगितामा एयर होस्टेसको प्रशिक्षण लिएका तथा लिइरहेका १९ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा अभिनेता सुनिल थापा, मिस नेपाल २००० उषा खड्गीलगायत अन्य निर्णायक थिए।