सुन्दर भएकै कारण आफ्नै घरभित्र बन्दि छन् यी युवती
एजेन्सी । मंसिर–४, रुसकी एन्जेलिका केनोभा नाम गरेकी २६ वर्षीया युवती अत्यन्तै सुन्दर भएकै कारण आफ्नै घरभित्र बन्दि भएर बस्नु परेको छ । बार्बी डल जस्तै सुन्दर देखिने केनोभालाई उनका आमाबुबाले घरमा नै थुनेर राख्ने गरेका हुन् ।
सुन्दर भएको कारण उनलाई अन्य मानिसहरुले गलत नजरले नहेरुन भन्ने उद्देश्यले आमाबुबाले उनलाई घरमा नै कैद गरि राखेको पाइएको छ ।
अन्य मानिसहरुले केनोभालाई बन्दि बनाएर राखिएको भनिए पनि केनोभाले भने आफुलाई बन्दि बनाएको नभएर आमाबुबाले आफुप्रतिको माया र हेरचाह दर्शाएको बताउने गरेकी छन् ।
उनलाई आवश्यक सम्पूर्ण सामाग्रीहरु उनकी आमाले खरिद गरेर ल्याइदिन्छिन् । उनी कतै बाहिर जानै पर्ने अवस्था आएपनि एक्लै पठाउँदैनन् ।
घरमा नै बस्नु परेकाले केनोभालाई पनि बाहिरि संसार बारे खास्सै ज्ञान छैन् । उनलाई केटा साथी त परै जाओस केटी साथी बनाउने समेत छुट दिइएको छैन् ।
उनको सुन्दरता देखेर कतिपयाले प्लाष्टिक सर्जरी गरेको भन्ने गर्छन् । तर वास्तवमा उनी प्रकृतिक रुपमा नै अत्यन्तै सुन्दर छिन् ।