छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै आफ्नो लिंग काटेपछि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । मंसिर–९, भारतमा आफ्नै छोरी बलात्कार गर्ने एक व्यक्तिले आफ्नै लिंग काटेका छन् । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।
मंगलबार कैदीलाई दाह्री खौरिनका लागि जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् ।
गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् । यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् ।