आज छ अङ्कले घटेको सेयर बजारमा ३० करोडको कारोबार

काठमाण्डौं । मंसिर–१०, आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ६ दशमलव ३५ अङ्कले घटे पनि ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ११६६.५९ अङ्कबाट सुरु भएको बजार ६ अङ्कले घट्दै ११६०.२८ अङ्क कायम भएको हो ।
अन्य २ दशमलव २७ अङ्कले तथा वित्त शून्य दशमलव ८१ अङ्कले बढ्नुबाहेक सबै समूह ओरालो लागेको छ । आज नेप्सेमा व्यापार समूहको कारोबार भएन । सबैभन्दा बढी निर्जीवन बिमा ८९ दशमलव ३ छ भने जीवन बिमा ६७ दशमलव ०५, लघुवित्त १५ दशमलव १६, होटल १३ दशमलव ३ अङ्कले घटेको छ । यस्तै बैङ्किङ ४ दशमलव ८३, जलविद्युत् ५ दशमलव ४२, विकास बैङ्क ५ दशमलव ७६, उत्पादनमूलक ३ दशमलव ७६ अङ्कले घटेको छ ।
सोमबार नेप्सेमा १ सय ५५ कम्पनीका ४ हजार ८२ काराबोरबाट ९ लाख ९१ हजार कित्ता सेयर कारोबार भई ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।