इंग्लिस प्रिमियर लिग : बुर्नलीमाथि न्युक्यास्टलको जित

एजेन्सी । मंसिर–११, इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टलले बुर्नलीलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।उसैको घरेलु मैदानमा बुर्नलीलाई न्युक्यास्टलले पराजित गर्न सफल भएको हो ।
खेलको चौथो मिनेटमा नै बुर्नलीका बेन मीले आत्मघाती गोल गरेसँगै न्युक्यास्टलले अग्रता बनाएको थियो ।
खेलको २३ औं मिनेटमा कैरन क्लार्कले गोल गर्दै न्युक्यास्टललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा सेम भोक्सले गोल गर्दै बुर्नलीलाई २–१ गोलको स्थितिमा पुर्याएका थिए ।दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि न्युक्यास्टलले बुर्नलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
जितपछि न्युक्यास्टलले १३ खेलबाट १२ अंक बनाएको छ ।