१२३ घण्टा नृत्यको रेर्कड तोडिन नेपाली चेली बन्दनाले
काठमाण्डौं । मंसिर–१२, सबैभन्दा लामो समय नित्य गरेर विश्वकिर्तिमान राख्न नेपाली चेली बन्दना नेपाल सफल भएकी छन् । १२६ घण्टा निरन्तर नाचेर बन्दना गिनिज बुकमा नाम लेखाउन सफल भएकी हुन् ।
मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो यात्रा सुरु गरेकी बन्दनाले भारतको रेर्कड आज बुधबार १२ बजेर १६ मिनेटमा तोड्न सफल भएकी हुन् ।
अब विश्वमा नै सबैभन्दा धेरै समय नाचेर गिनिज बुकमा नेपाली चेली बन्दनाले आफनो नाम समाबेश गरिन् । बन्दनाको यस कार्यक्रममा हौसला दिन धेरै कलाकारहरु पनि उनको कार्यक्रममा उपस्थित भएका थिए ।
विभिन्न नेपाली गीतहरुमा नृत्य गरेकी बन्दनालाई प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउँन समय दिएको थियो । ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि थिए।
नाच्दा नाच्दै उनको खुट्टा केही सुन्निएको भएपनि उनको स्वास्थ्यमा खासै असर नपरेको बताईएको छ । रेर्डक तोडिए पनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।